चाडपर्वपछि सुनसान बने गाउँ

तनहुँका गाउँ बिस्तारै सुनसान हुँदै गएका छन्। दसैँतिहार मनाउन आएका विद्यार्थी, परदेशी सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन्। चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन्। उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान भएका हुन्। व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले पहिला तीन सय घर रहेको गाउँमा अहिले ६५ घर मात्रै रहेको बताउनुभयो। अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको उहाँको भनाइ छ। गुरुङले भन्नुभयो, “परदेश गएका चाडबाडमा घर आएकाले गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि गाउँघर सुनसान भएको छ।” पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो। जिल्लाबाहिर फर्किनेहरूले गर्दा यातायातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो। दसैँतिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा बिस्तारै रौनक हराउन थालेको छ। व्यास नगरपालिका–१३, पोखरीभन्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईले स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवा नहुँदा सुनसान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ।’’

सम्बन्धित सामग्री

कार्मारोङको चिताई गाउँ एक बर्षदेखि सुनसान

मुगु । मुगु जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कार्मारोङ गाउँ पालिकाको वडा नं १ को चिताई गाउँका स्थानीयबासी ब्यापार, ब्यवसायका लागि भन्दै अधिकांश गाउँलेहरु २ घण्टाको यात्रा लाग्ने गाउँदेखि तल ‘चिताई कुना’ मा झरेपछि गाउँमा एक बर्षदेखि ताल्चा ठोकेर गाउँ नै सुनसान रहेको छ । कार्मारोङ गाउँपालिको उच्च स्थानमा पर्ने यो बस्ती लामा जातिका स्थानीय […] The post कार्मारोङको चिताई गाउँ एक बर्षदेखि सुनसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिउँदमा भरिभराउ हुने होमस्टे बर्खाका कारण सुनसान

पर्यटकको चहलपहल हुने लमजुङका होमस्टे गाउँ बर्खाका कारण यतिवेला सुनसान छन् । नेपालकै पहिलो स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा केही दिनअघिसम्म पनि दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेका थिए । तीन...

चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)

काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकास...

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौँ सुनसान

काठमाडौँ – निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ। मतदान गर्न जानेको संख्या बढेसँगै काठमाडौँका सडक खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ। काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौँका भित्री गल्लीमा मानिसको चहलपहल कमै दखिन्छ। मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधि […]

निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ।

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक

सुनसान गाउँ, त्रासले कोही बाहिर निस्किदैँनन्

इटहरी । बस्ती चकमन्न छ । साँझ पर्नेबित्तिकै सुनसान र कोलाहलमुक्त हुन्छ, गाउँ । अन्य समयमा रातको १०,११ बजेसम्म चहलपहल हुने यो ठाउँमा अहिले दिउँसोको समयमै मानिसहरू सहजै भेट्न मुस्किल हुन्छ । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षका स्वतन्त्रण उम्मेदवार गणेश पौडेलले शनिबार बिहान आत्महत्या गरेपछि यो ठाउँ अहिले सुनसान छ । स्थानीय […] The post सुनसान गाउँ, त्रासले कोही बाहिर निस्किदैँनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावमा कालापानी मुनीका गाउँ सुनसान

स्थानीय तह निर्वाचनका लागि गाउँदेखि शहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् ।  वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन । यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार स

चुनावमा कालापानी मुनीका गाउँ सुनसान

बिरादत्त भट्ट/न्युज कारखाना : दार्चुला, २१ वैशाख-स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् । वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक […]

दसैँमा काठमाडौं सुनसान

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड