अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यूक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् । रुससँग जुधिरहेको यूक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए । पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । यूक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारी