युक्रेनलाई बृहत् सैन्य सहयोग

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।  नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तरबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।  आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नेटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ९८ प्रतिशत सैन्य सहायता प्रदान गरिएको बताउनुभयो...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार […]

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बेलायती रक्षामन्त्रीको भनाइ

काठमाडौँ- बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । युक्रेनको भ्रमणमा रहेका बेलायती रक्षामन्त्री बेन वालेसले युक्रेनी समकक्षी ओलेक्सेइ रेज्निकोभसँगको भेटघाटपछि यसको जानकारी दिएका हुन् । उनीरुबीच भएको भेटवार्ताका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी दिए । अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप […]

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बृटिश रक्षामन्त्रीको भनाई

बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन्। बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।...

लोकतन्त्रको रक्षाका लागि यूक्रेनलाई सैन्य सहयोग गरियो : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यूक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् । रुससँग जुधिरहेको यूक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए । पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । यूक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारी

युक्रेनलाई सैन्य सहयोग गर्न जी-७ राष्ट्र सहमत

काठमाडौं : जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्। अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्। यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जी–सेभेन सम्मेलनलाई भिडियो मार्फत् सम्बोधन गर्दै युक्रेनी राष्ट्

चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

चीनले युक्रेन युद्धका लागि रुसलाई सैन्य सहयोग गर्न सक्ने संकेत दिएको दाबीसहितका खबर प्रकाशित भएका छन् । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले रुसको आग्रहमा चीनले सैन्य सहयोग दिन सक्ने देखिएको दाबीसहितका खबर प्रकाशित गरेका हुन् । तर अमेरिकामा रहेका चीनका कूटनीतिक अधिकारीले भने आफूहरुलाई यसबारेमा कुनै जानकारी नरहेको र आफूहरुले यस्तो कुरा पनि नसुनेको […]

रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका

रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड&rsquo

राष्ट्रपति मोइसको हत्यापछि हैटीले गुहार्यो अमेरिका र राष्ट्रसंघसँग सैन्य सहयोग

एजेन्सी, २६ असार: राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिका र राष्ट्रसंघसँग सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा […]