पोखरामा आन्तरिक पाहुनालाई ३० प्रतिशत छुट

कोभिडले थला परेको पर्यटनलाई नयाँ आयाम थप्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होटल संघ यतिबेला ‘जाउँ है पोखरा’ अभियानमा छ। विभिन्न शहर बजार पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने धुनमा संघ जुटेको छ। नयाँ वर्षमा आउने आन्तरिक पर्यटकलाई होटलमा छुट द...

सम्बन्धित सामग्री

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।...

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।...

पाहुना स्वागत गर्न पोखरा आतुर

पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।...

कोरोना महामारीपछि पहिलो पटक पोखराका होटल भरिभराउ

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन पोखरा पुग्ने आन्तरिक पर्यटकका कारण होटल तथा लजहरु करिब शत प्रतिशत भरिएको पोखरा होटल तथा रेष्टुराँ ब्यावसायी संघले जनाएको छ । कोरोना महामारीपछि पहिलो पटक […]

पोखरामा ‘फेवा नववर्ष महोत्सव’

कास्की । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने भएको छ । होटल संघ पोखराको आयोजनामा १८औं महोत्सव लेकसाइडमा चैत २९ देखि वैशाख १ गतेसम्म हुने भएको हो । आर्थिक संकटले सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म करीब साढे २ किलोमिटर सडकमा सञ्चालन हुने सुवेदीले बताए । लाइभ संगीत, ख्यातिप्राप्त कलाकारको गायन प्रस्तुति, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवको आकर्षकका रूपमा रहेको आयोजकको भनाइ छ । महोत्सवको अवसरमा लेकसाइड क्षेत्रमा आउने पर्यटकलाई अहिलेको मेनुमा २० प्रतिशत छूटको व्यवस्था मिलाइएको संघले जानकारी दिएको छ ।

पोखरामा करिब ५ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व […]

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजस्व संकलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२

पोखरामा ८५ प्रतिशत पर्यटक आन्तरिक

पोखरा (कास्की) । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।  फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्‍याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो । यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ । हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उनले जानकारी दिए । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरामा पर्ने भएकाले अधिकांशले २ देखि ३ दिनसम्मको समय छुट्ट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्छन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटलगायत स्थान पुग्ने गर्छन् । पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । रासस

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ११ ओटा देशका राजदूत पोखरामा

असोज ११, कास्की । विभिन्न देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधिहरु पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एक दर्जन देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधि पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहतिको टोलीलाइ गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरेका थिए । यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका हुन् । ४९औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि सहित २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन्  पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुई दिन पोखरामा रहेर पोखराका पर्यटकीय गतिविधिमा सहभागी गराइने छ । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन उच्च कुटनीतिक निकायका पदाधिकारीलाई निम्तो दिइएको बताइएको छ । कोरोनाले थला परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका राजदूतलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीय स्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहेन बताए । ५० प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएशन (रेवान) ले सोमवार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनि सडक महोत्सवको आयोजना गरेको छ ।

पोखरामा होटल अकुपेन्सी ९५ प्रतिशत आन्तरिक पर्यटक उल्लेखनीय

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरामा आएसँगै पोखरामा आन्तरिक पर्यटकको संख्यामा उल्लेखनिय रूपमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । तमुहरूको पर्व तमु ल्होसार तथा अंगे्रजी नयाँ वर्षको अवसमा पोखरामा जारी पोखरा सडक महोत्सवले गर्दा पनि विदेशी पर्यटकहरूको तुलनामा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराजले बताए ।