कास्की । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने भएको छ । होटल संघ पोखराको आयोजनामा १८औं महोत्सव लेकसाइडमा चैत २९ देखि वैशाख १ गतेसम्म हुने भएको हो । आर्थिक संकटले सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म करीब साढे २ किलोमिटर सडकमा सञ्चालन हुने सुवेदीले बताए । लाइभ संगीत, ख्यातिप्राप्त कलाकारको गायन प्रस्तुति, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवको आकर्षकका रूपमा रहेको आयोजकको भनाइ छ । महोत्सवको अवसरमा लेकसाइड क्षेत्रमा आउने पर्यटकलाई अहिलेको मेनुमा २० प्रतिशत छूटको व्यवस्था मिलाइएको संघले जानकारी दिएको छ ।