अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् ...

सम्बन्धित सामग्री

अफगानिस्तान भूकम्प : न अस्पताल न उपचार, सामान्य घाइतेको पनि भइरहेछ मृत्यु

अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् ।पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी मुहम्मद गुलले बीबीसीसँगको कुराकानीमा बिहानदेखि हालसम्म ५ सय जना घाइते आइपुगेको र तीमध्ये २ सय जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्

अफगानिस्तान भूकम्प : तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

काबुल – अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।  विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् । भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा […]

अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार जना नाघ्यो

अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।  ...

अफगानिस्तान भूकम्प अपडेट : मृत्यु हुने संख्या १ हजार पुग्यो

काठमाडौं । पूर्वी अफगानिस्तानस्थित पक्तिका प्रान्तमा बुधवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार उक्त भूकम्पमा परी १५ सय जना भन्दा बढी घाइते भएका छन् । घटनाको क्षति बारे थप विवरण आउन अझै बाँकी छ । पक्तिका प्रान्तमा बुधवार बिहान ६। १ म्याग्निच्युटको भूकम्प गएको […]

अफगानिस्तान भूकम्प: करिब हजारकाे मृत्यु, सयाैं घाइते

करिब २ दशकसम्म अफगानिस्तानमा युद्ध गरेर अमेरिकी सेना फिर्ता गएपछि तालिबानले गत अगस्टमा सरकार चलाउन थालेको थियो । युद्ध र देशमा निम्तिएको उथलपुथलका कारण गम्भीर आर्थिक सङ्कट भोगिरहेका बेला अफगानिस्तानमा यो अर्काे विपत्ति आएको हो।

अफगानिस्तान भूकम्प : कम्तीमा ९ सय २० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नाै सय २० जनाकाे ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ । सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिराे गएकाे र भत्किएकाे घरहरू देख्न सकिन्छ ।  भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएकाे छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेकाे तस्बिरहरू सार्वजनिक भएकाे छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएकाे छ ।  तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयाैँ घर भत्किएका...

अफगानिस्तान भूकम्प : मृतकको संख्या ९५० पुग्यो

अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो । त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ । यस्तै लगभग ६ सय घाइते भएका छन् ।

अफगानिस्तान भूकम्प अपडेट : २५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ । अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको […]