अफगानिस्तान भूकम्प : न अस्पताल न उपचार, सामान्य घाइतेको पनि भइरहेछ मृत्यु

अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् ।पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी मुहम्मद गुलले बीबीसीसँगको कुराकानीमा बिहानदेखि हालसम्म ५ सय जना घाइते आइपुगेको र तीमध्ये २ सय जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्

सम्बन्धित सामग्री

अफगानिस्तान भूकम्प : कम्तीमा ९ सय २० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नाै सय २० जनाकाे ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ । सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिराे गएकाे र भत्किएकाे घरहरू देख्न सकिन्छ ।  भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएकाे छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेकाे तस्बिरहरू सार्वजनिक भएकाे छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएकाे छ ।  तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयाैँ घर भत्किएका...