काठमाडौं : नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा मंगलबार थुनछेक बहस हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध जर्वजस्ती करणी आरोपमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। ;साथै उनको चलअचल सम्पत्ति रोक्का गर्न पनि अभियोगपत्रमा माग गरिएको छ।आज