‘छुट्टै अस्पताल खोल्नु आकर्षक नारा मात्रै’

अहिले देशमा भएको स्रोत र साधनलाई हेर्दा पेशागत रूपमा छुट्टै अस्पताल खोल्दा धान्न सकिने कुनै परिस्थिति नै छैन । भएका अस्पतालबाट सर्वसाधारणलाई सेवा-सुविधा पुर्‍याउन सकिएको छैन । अलग-अलग अस्पताल खोलेर कहाँबाट विशेषज्ञ चिकित्सक पुर्‍याउन सक्नु ? शिक्षक अस्पताल चितवनमा खोल्ने सरकारले निर्णय गरेको छ । अब देशभरका शिक्षक उपचार गर्न चितवन जाने ? त्यो कसरी […]

सम्बन्धित सामग्री

आकर्षक नारा, कार्यान्वयन चुनौतीपूर्ण

चालु आर्थिक वर्षभन्दा आधा अर्ब घटाएर गण्डकी सरकारले आगामी आवको बजेट ल्याएको छ । गण्डकी प्रदेशको आगामी वर्षको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार छ । बजेटमा अधिकांश पुरानै कार्यक्रम र आकर्षक राम्रा नारा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । चालु आवको ११ महिनामा सरकारले आधा बजेट पनि खर्च गर्न सकेको छैन । जेठ मसान्तसम्म गण्डकी सरकारले बजेटको ४५ प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी सरकारले आवश्यक कदम चालेको नदेखिएको टिप्पणी गर्नुहुन्छ ।

बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि, 'आकर्षक नारा, असमान विनियोजन'

काठमाडौं । ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा भाग लिँदै प्रतिनिधिसभाका सांसदहरूले बजेट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बलराम अधिकारीले बजेटमा आकर्षक नारा राखिएको तर समान ढङ्गले बजेट विनियोजन गर्न सरकार चुकेको बताए । त्यस्तै भौगोलिक विकटता, आर्थिक पछौटेपनलगायत मानक हेरेर बजेट विनियोजन नगरिएको उनको भनाइ छ ।  सांसद शान्ति विकले समतामूलक समाज निर्माणका लागि बजेटको न्यायोचित विनियोजन केन्द्रित हुन नसकेको बताइन् । आगामी आर्थिक वर्षको बजेटले दलित समुदायलाई केन्द्रित गरेर कुनै स्पष्ट योजना र कार्यक्रम ल्याउन नसकेको उनको भनाइ छ ।  सांसद ज्वालाकुमारी साहले बजेटका सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटको तादात्म्यता नमिलेको बताए । बजेटमार्फत सरकारले गरेको दुग्ध विकास बोर्ड खारेजसम्बन्धी निर्णय उचित नरहेको उनको भनाइ छ । त्यसैगरी, सांसद डा. चन्द्रा कार्की भण्डारीले बजेटमार्फत करका दरभन्दा दायरा बढाउनुपर्नेमा सरकार केन्द्रित हुन नसकेको बताइन् । स्वास्थ्य क्षेत्रमा न्यून बजेट छुट्याइएको उनको भनाइ छ ।  हरेक दुई जिल्लामा एउटा एअर एम्बुलेन्स खरिद गर्ने, स्वास्थ्य बीमा, साना अस्पतालका लागि पर्याप्त उपकरण खरिद, स्वास्थ्य क्षेत्रमा नयाँ कर्मचारीको दरबन्दी थप्नका लागि बजेट नछुट्याइएको सांसद भण्डारीले बताइन् ।  सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल चाहिएका बेला सरकारले भने मेडिकल कलेजलाई प्राथमिकता दिएको उनको भनाइ छ । हरेक वर्षको बजेट कार्यान्वयनमा समस्या देखिन थालेपछि अहिले नागरिकमा अहिलेको शासन व्यवस्थामाथि नै विश्वास घट्दै गएको धारणा सांसद दीपक खड्काले राखे ।  सांसद उर्मिला माझीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनबाट नागरिकका मौलिक अधिकारको प्रत्याभूति गर्न आवश्यक रहेको बताइन् । बजेट जनमुखी र उत्पादनमुखी देखिए पनि निर्यातमुखी बन्न नसकेको उनले बताइन् ।  संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नागरिकस्तरमा सकारात्मक छाप नरहेको र यो कार्यक्रमले प्रत्यक्ष निर्वाचित तथा समानुपातिक सांसदबीच विभेद गरेकाले यसलाई कार्यान्वयन गर्न नहुने उनको भनाइ छ ।  नेपालको पानीलाई ब्रान्डिङ गर्ने योजना बजेटमा राखिएकामा त्यस्तो पानीको बजार कहाँ हो भनेर खोजिनुपर्ने सांसद राजेन्द्र बजगाईंले बताए । खाडी मुलुकले आफ्नै प्रशोधन उद्योग बनाइरहेकाले अब नेपालको पानी किन्ने अवस्था नरहेको उनको भनाइ छ । ग्रेट हिमालयन ट्रेलको प्रभावकारिताबारे पनि उनले प्रश्न गरे ।  सांसद भगवती चौधरीले बजेटमा कर्मकाण्डी योजना र कार्यक्रमले प्राथमिकता पाएको धारणा राखिन् । बजेटले नागरिकको क्रयशक्ति बढाउने गरी बजार चलायमान गर्न नसकेको धारणा सांसद मीना तामाङले राखिन् ।  नेपालको जलविद्युत् खपतलाई प्राथमिकतामा राख्नुपर्नेमा सरकारले पेट्रोलियम पदार्थको आयात र खपतलाई प्राथमिकतामा राख्नु अनुचित रहेको उनको भनाइ छ । त्यस्तै विद्युतीय सवारीसाधनमा कर थप्ने सरकारको निर्णयको औचित्य आफूले बुझ्न नसकेको पनि उनले बताए ।  त्यसैगरी, सांसद विमला सुवेदीले आगामी आर्थिक वर्षका लागि सरकारले दिगो र समावेशी आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याएको बताइन् । लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई प्रवर्द्धन गरेको उनको जिकिर छ । सांसद ऋषिकेश पोखरेलले सरकार र प्रतिपक्षले वर्तमान अवस्थालाई हेर्ने दृष्टिकोण नमिलेको बताए । अहिले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकरूपले मुलुक सहज अवस्थामा नरहेको उनको भनाइ छ । रासस

फोरेक्स रेमिटले ल्यायो अप्रिल महिनामा आकर्षक साईकल उपहार

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिंदै आआएको फोरेक्स रेमिटले आफ्नो सेवाग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आएकोमा अप्रिल महीनाका आकर्षक साइकल उपहार सार्वजानिक गरेको छ । उक्त कम्पनीले फोरेक्ससंग तपाई, तपाई संगसाइकल भन्ने नारा सहित साइकल उपहार योजना सार्वजानीक गरेको हो । कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न …

आकर्षक नारा, कार्यान्वयन फितलो

काठमाडौं, कात्तिक ४ । राजनीतिक दलले युवा मतदातालाई लक्षित गरी घोषणापत्रमा आकर्षक नारा समावेश गर्ने गरे पनि कार्यान्वयनमा खासै चासो दिने गरिएको पाइँदैन । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा निःशुल्क वाइफाई, स्मार्ट सिटी, प्रत्येक प्रदेशमा विज्ञान, प्रविधि र अन्वेषण केन्द्र स्थापना जस्ता चुनावी नारा लेखिएका थिए । विगतका स्थानीय तह, सङ्घ र प्रदेशका निर्वाचनमा यस्ता चुनावी नाराले प्राथमिकता […]

निक्षेप तथा कर्जा सुरक्षण कोषको उत्कृष्ट नारा बनाउनेले ५० हजार पाउने

निक्षेप तथा कर्जा सुरक्षण कोषले आकर्षक नारा बनाउनका लागि सार्वजनिक सूचना जारी गरेको छ । कोषको प्रतिबिम्ब झल्किनेगरी नारा बनाउन भदौ २६ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । जसका लागि विभिन्न सर्त कायम गरिएका छे । सूचनाअनुसार कोषको उद्देश्य, कार्यप्रकृति, योगदान, गन्तव्य जस्ता विषय परिचित्रण गरिएको र मौलिक हुनुपर्नेछ । यस्तै शब्दको सीमा एक वा दुई पंक्ति हुनेगरी कम्तीमा १० शब्दको हुनुपर्ने, लयबद्ध हुनुपर्ने पनि भनिएको छ । प्रस्तावित नारा पठाउँदा सर्जकको परिचय खुलाएर कोषको फेसबुक पेज वा

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा सजाइएको धरहरा

राजधानीको सुन्धारामा अवस्थित धरहरामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ । योग दिवसको नारा र लोगो कलात्मक ढंगले प्रयोग गरी गरिएको दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको छ । तस्बिर : सलोनी मुरारकाको ट्वीटर

आकर्षक नारा, भड्किलो प्रचार

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।...

पर्यटन क्षेत्रको गुनासोः नारा आकर्षक, सम्बन्ध कमजोर

पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठुलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठुलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो हुन नसकेको गुनासो पर्यटन क्षेत्रको छ। त्यसैले चुनावी नार...

रोजगारीको नारा र भ्यूटावरको उपलब्धि

प्राकृतिक हराभरा, अग्ला डाँडाकाँडा भएको देशमा कम खर्चको पर्यापर्यटनको पर्याप्त सम्भावना हुँदाहुँदै कंक्रिटका उपलब्धिविहीन, अनुत्पादक भ्यूटावरहरूमा अर्बौं अर्ब रकम खर्च गरेको छ । देशमा बेरोजगारहरू धेरै छन् र त देश गरिबीमा छ । सरकारले रोजगार कार्यक्रम वि.सं. २०५५ देखि नै ल्याएको हो, तर पछिल्लो अवस्था २०७५-०७६ देखि उस्तै अर्को आकर्षक नारासहितको कार्यक्रम ल्यायो, जसले रोजगारी […]

बर्सेनि आकर्षक नारा तर कार्यान्वयनमा कमजोर

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित बिहीबार मुलुकमा सातौं उद्योग दिवस भव्यतापूर्वक मनाइँदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णयअनुसार यस वर्ष पनि बिहीबार यो दिवस मनाउन लागिएको हो । उद्योग दिवस सरकारीस्तरबाटै मनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक […]