काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय विभागलाई पूर्णता दिएको छ । माओवादीले ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको हो।
बिहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो। सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । सवै विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् ।