इलाम : इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राखेका छन्।४२ हजार ६ सय ४७ मतगणना हुँदा उनले १८ हजार ५ सय ४२ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १६ हजार ८७ मत पाए।उनीहरूको मतान्तर फरक २ हजार ४ सय ५५ मत छ। राप्रपाका उम्मेदवार तोयानाथ शर्मा सापकोटाले ११ सय २३ मत ल्याएका छन्।