सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।
कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।
नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । आगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा...