न्यायक्षेत्रप्रति प्रधानमन्त्रीको अपमानजनक टिप्पणी विरुद्ध कारबाहीको माग गर्दै निवेदन पत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायक्षेत्र तथा कानुन व्यवसाय विरुद्ध अपमानजनक अभिव्यक्ति दिएपछि त्यसको विरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध २०७७ माघ ११ गते निवेदन पत्र प्रस्तुत गरेका हुन् । निवेदनमा गत माघ ९ गते राजधानीको माइतीघरस्थित कार्की बैङ्क्वेट हलमा सम्पन्न कार्यकर्ता भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लक्षित गर्दै “एक जना बाजे वकिल” जस्ता शब्दावली प्रयोग गरिएकोमा त्यसलाई न्यायक्षेत्रको अवहेलना भएको दावी गरिएको छ । त्यसबापत निवेदनमा प्रधानमन्त्रीलाई न्याय प्रशासन ऐन–२०७३ को दफा १७ बमोजिम हदैसम्मको सजाय दिलाउन माग गरिएको छ । यस्तो छ, वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यको निवेदन पत्र– वार एसोसियनका पूर्व अध्यक्षको प्रेसविज्ञप्ति यता, सोही विषयलाई लिएर नेपाल वार एसोसियसनका चार जना पूर्व अध्यक्षहरूले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीसित सार्वजनिक क्षमायाचना गर्न तथा अदालतको अपहेलनाजन्य कार्य गरेबापत प्रधानमन्त्री ओलीलाई जवाफदेही बनाउन माग गरिएको छ । वार एसोसियसनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले आजै जारी गरेको प्रेसविज्ञप्तिमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा प्रधानमन्त्री ओलीको अपमानजनक अभिव्यक्तिको आलोचना गरिएको हो । प्रधानमन्त्री ओलीले “एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न; के तमासा गरेको हो यो ?” तथा “वकिलले कुरा फिट्याफिट्यै छन्, तर ढुक्क हुनहोस्, प्रतिनिधि सभा पुनःस्थापना हुँदैन” जस्ता अभिव्यक्ति दिएकोमा प्रेसविज्ञप्तिमा आलोचना गरिएको छ । त्यसैगरी, यसअघि पनि प्रधानमन्त्री ओलीले कानुन व्यवसायीलाई “स्यालजस्तो म्याउँ म्याऊँ गरेका छन् । सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ? के गर्छन्, ती वकिल ?” भन्ने अभिव्यक्तिको पनि उनीहरूले आलोचना गरेका छन् । चार पूर्व अध्यक्षहरूले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई “नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रसमेतको जीवित इतिहास” समेत भएको दावी पनि गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् । उनीहरूको प्रेसविज्ञप्ति यस्तो छ–

सम्बन्धित सामग्री

चितवनमा रेलमार्ग सर्भे अवरोध- सरकारले किन गरेन वैकल्पिक रुटको अध्ययन ?

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ७, मा हिजो भएको गुगल अध्ययन गर्न भनी आएको गाडीमा भएको आगजनीको थाहा पाउनेले अहिले चितवनका बासिन्दालाई गाली गरिरहेका छन् । चितवनवासी चाँडो प्रतिक्रिया जनाउँछन् भन्ने टिप्पणी सामाजिक सञ्जालहरूमा आइरहेका छन् । गाडी नियन्त्रणमा लिएको भिडियो र आगजनीको भिडियो हेरेर कारबाहीको माग गर्ने समूह पनि बाक्लो नै छ । […]

महिलामाथि अभद्र व्यवहार गरेको भन्दै स्थापितलाई कारबाहीको माग

केही दिनअघि नेशनल कलेजमा काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार केशव स्थापितको अभिव्यक्तिलाई लिएर महिला अधिकारवादी चार दर्जन संघसंस्थाले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । कार्यक्रममा एक युवतीले केशव स्थापितले आफ्नै महिला कर्मचारीलाई यौन हिंसा गरेको र त्यस्तो मान्छेलाई कुर्सीमा बस्न नसुहाउने टिप्पणी गरेपछि स्थापित आक्रोशित हुँदै आरोप लगाउँदैमा नहुने प्रमाणित हुनुपर्छ भन्दै चर्किनुभएको थियो । …

निर्मला र नकुन्नीको हत्याराले राज्यको आड पाएको बाबुरामको आशंका (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको टिप्पणी गरेका छन् । यी दुईजनाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ देखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकालाई भेट्दै भट्टराईले घटना शंकास्पद भएको दाबी […]

निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् ।सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे । उनले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको श