काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्य/तथ्य बाहिर नआउनुले त्याे घटना सरकारकै मिलेमतोमा भएको शङ्का उब्जिएको बताउनुभएको छ ।
आज सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गएकाे मङ्सिर ९ गतेदेखि माइतीघर मण्डलामा भइरहेकाे अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरूलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शङ्कास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानबिन नहुनु र सत्य/तथ्य बाह...