हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र  घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”  

सम्बन्धित सामग्री

धौलागिरी बेस क्याम्पमा ३९ दिनदेखि २ घोडा अलपत्र, उद्धारमा चासो कसैले दिएनन्

म्याग्दी । म्याग्दीको धाैलागिरी गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा विगत ३९ दिनदेखि २ वटा घोडा अलपत्र परेका हुन । धौलागिरी हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्थामा गत असोज १७ गते हिउँले पुरिएसँगै ४५ वटा घोडा र खच्चड मरेका थिए । ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका घोडाको उद्धार अहिलेसम्म […]

धौलागिरि आधार शिविरबाट १४ जनाको उद्धार, वर्षा र हिमपातमा परेर ४५ घोडा–खच्चड मरे

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरमा अलपत्र परेका १४ जनाको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण आधार शिविरमा फसेका १४ जनालाई हिजो मङ्गलवार र आज बुधवार गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो ।    धौलागिरि आधार शिविर पुगेका पर्यटक गाइड, खच्चड चालक र भरिया गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयाे ।उनीहरूलाई पोखराबाट गएको अल्टिच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको सहयोगमा उद्धार...

हिउँमा पुरिएर ४५ खच्चड मरे

२६ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु […]

धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे

म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७  र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८  खच्चड मरेका हुन् ।मुस्ताङको घरपझोङ गाउँपालिका–२

ग्रामीण क्षेत्र सडकले जोडिएपछि खच्चड व्यवसायी संकटमा

बागलुङ : दशक अगाडिसम्म बागलुङको अधिकांश क्षेत्रमा लामबद्ध रुपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी साबित भएका खच्चड अहिले कामविहीन बनेका छन्।ग्रामीण क्षेत्रमा मोटरबाटोले नजोडिँदा खच्चडमार्फत आय आर्जन गर्ने व्यवसायी अहिले थला पर्दै गएका छन्। उनीहरुले अर्को व्यवसाय रोज्नु पर्ने बाध्यता बनेको छ।जिल्लाका सबै गाउँहरु सडक सञ्जालले जोडिएपछि घोडा, खच्चडको प्रयोगमा कम हुँदै गएको छ। घोडा, खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्याम

निर्माण सामग्री लादै गरेका खच्चड

निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस

नेपालमा श्रम क्षेत्रमा उपयोग हुने घोडा, खच्चडको अवस्था कस्तो छ ?

घोडा यातायात अनि गधा, खच्चड ढुवानीका साधन। नेपालका सडक सञ्जाल नपुगेका तथा दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चड र गधाको प्रयोग हुने गर्छ।  पछिल्लो पटक घोडसवारी शौख बने पनि खच्चड...

हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो । “चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उहाँले भन्नुभयो, “अहिले बर्खाका बेला सामान …

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

हिउँचितुवाको आक्रमणबाट खच्चड र घोडा मरे

चुमनुव्री गाउँपालिका–६चुम्चेतमा हिउँचितुवाको आक्रमणबाट घोडा र खच्चड मरेका छन् ।