धौलागिरि आधार शिविरबाट १४ जनाको उद्धार, वर्षा र हिमपातमा परेर ४५ घोडा–खच्चड मरे

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरमा अलपत्र परेका १४ जनाको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण आधार शिविरमा फसेका १४ जनालाई हिजो मङ्गलवार र आज बुधवार गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो ।    धौलागिरि आधार शिविर पुगेका पर्यटक गाइड, खच्चड चालक र भरिया गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयाे ।उनीहरूलाई पोखराबाट गएको अल्टिच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको सहयोगमा उद्धार...