बागमती प्रदेशको आठौं अधिवेशन जेठ १६ गतेबाट

हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशन आगामी जेठ १६ गतेको लागि बोलाइएको छ। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभा सचिव कृष्ण खड्काले आगामी जेठ १६ गते आइतबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको बताए।उनले बैठकमा छलफल हुने विषयवस्तुबारे कार्यव्यवस्था परामर्श समितिले तय गर्ने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटको विषयमा संसदमा छलफल हुने बताए।खड्काले प्रदेश सभामा दर्ता भएको पर्यटनसम्बन्धी विधेयक, मुख्य न्

सम्बन्धित सामग्री

मुख्यमन्त्री भएपछि प्रदेशसभा नै नछिरी अधिवेशन अन्त्य

हेटौंडा : बागमती प्रदेश सरकारले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ। आफू मुख्यमन्त्री बनेपछि एकपटक पनि संसद नछिरी अष्टलक्ष्मी शाक्यले आठौं अधिवेशन अन्त्य गरेकी हुन्। भदौ २ गते डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। लामो समयदेखिको आन्तरिक विवादमा माधव नेपाल पक्षमा रहेकी शाक्य नेता नेपालले अर्को पार्टी दर्ता गर्दा एमालेमै रहेपछि मुख्यमन्त्री बनेकी हुन्। प्रदेशको मुख्यमन्त्री बनेको एक सा