२०७६ वैशाख १ गते आइतबार बिहान लुक्लामा समिट एयरको विमान दुर्घटना भयो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका–२, लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना हुँदा को–पाइलटसहित तीन जनाको ज्यान गएको थियो । जहाज दुर्घटना भएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि हेलिकप्टर पनि क्षतिग्रस्त भएको छ । सो घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।