राप्रपा अध्यक्षमा डा. लोहनीको समर्थन लिङ्देनलाई

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देनले बुधबार बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको […] The post राप्रपा अध्यक्ष लिङ्देनले बुधबार बोलाए केन्द्रीय समिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, द

नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी

काठमाडौँ– राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौँमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए । देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको […]

नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी

काठमाडौँ -  राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।&…

आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिन्छः डा लोहनी

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे । प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे ।  राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँद

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन

राप्रपा अध्यक्ष लोहनी भन्छन्–अदालतको फैसला स्वीकारेर अघि बढौं

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका उनले सर्वोच्चले असार २८ गते सो निर्णय सच्याउनु सकारात्मक रहेको बताए ।उनले आफूले गुण दोषको आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीप्रति समर्थन जनाउने बताउँदै अहिलेको अवस्था केपी ओली भन्दा देउवा ठीक भएको प्रतिक्रिया दिए । विगतमा आफूले ओलीले केही राम्रो काम गर्दा समर्थन गरेको स्मरण गर्दै लोहनीले पछि एकपछि अर्को गर्द

ओलीका कारण प्रजातन्त्र धरापमा पर्‍यो : लोहनी

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन । पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झण्डा अनावरण कार्यक्रमलाई मोरङमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले जनताले स्थिर सरकारको निम्ति झण्डै दुइ तिहाइ मत नेकपालाई दिए पनि नेकपाले त्यसको दुरुपयोग गरेको बताए ।