सूर्यपर फुटबल क्लबले छैटौँ चितवन च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा बुधबार भएको फाइनलमा गैँडाकोट फुटबल क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । सूर्यपुरका...
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा चितवन राइनोजले टस जितेको छ । लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहका १६ वटा वडामा जित निकालेको छ। कञ्चनपुर, कपिलवस्तु, सुनसरी, रुपन्देही, चितवन, नवलपरासी लगायत जिल्लाका स्थानीय तहका १६ वटामध्ये १३ वटा वडामा राप्रपाका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटा वडामा अन्य पार्टीका सदस्यहरु पनि निर्वाचित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा […]
चितवन : स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रिडम फाइटर ठमेलले जितेको छ।आज भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो।ठमेलले चितवनलाई टाई ब्रेकरमा ५–४ ले पराजित गर्यो।निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो।टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए।खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए।विजेता ठमेलले ट्रफ्री सहित नगद एक लाख ५१ हजार
हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष र महिला भलिबलमा चितवनले उपाधि जितेको छ । चितवनको माडी खेलमैदानमा भएको महिला भलिबलतर्फ चितवनले रामेछापलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । उक्त फाइनल खेल चितवनले २५–१०, २५–१८ र २५–११ को सोझो सेटमा जित्यो । यस्तै, पुरुषतर्फ भलिबल फाइनलमा चितवनले […]
असोज २३, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी चितवन टाइगर्सले जितेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधी जितेको हो । चितवनले पहिलोपटक उपाधी जितेको हो । उपाधीसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले १५ रुपैयाँ लाख पाएको छ ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव ५ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।
पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।
त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/ दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक÷एक विकेट रह्यो ।
व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही ५१ हजार रुपैया प्राप्त गरेका छन् । रासस
चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए । ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०
काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ।
कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो।
चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।
चितवन : दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान फुटबल कपको उपाधि कालभैरव हेटौंडाले जितेको छ। बुटवल उपमहानगरपालिका भेटेरान बुटवल टीमलाई ४–२ गोल अन्तरले पराजित गर्दै कालभैरव भेटेरान हेटौंडाले उपाधि जितेको हो।भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको फाइन खेलमा बुटवललाई टाइब्रेकरमा पराजित गर्दै हेटौंडाले उपाधि हात पारेको हो । कालभैरव हेटौंडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको दुई प्रहार बचाए। उनले दोस्रो र चौथो प्रहार रोके।त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बर