चितवन टाइगर्सले जित्यो ईपीएलको उपाधी, पोखरा ४ विकेटले पराजित

असोज २३, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधी जितेको हो । चितवनले पहिलोपटक उपाधी जितेको हो । उपाधीसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले १५ रुपैयाँ लाख पाएको छ ।            पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव ५ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।            पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।            त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/ दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक÷एक विकेट रह्यो ।            व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही ५१ हजार रुपैया प्राप्त गरेका छन् । रासस

सम्बन्धित सामग्री

पोखराले जित्यो टस, पहिले बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेसँगै पहिले बलिङ गर्ने निर्णय लिए ।पोखराले पहिले बलिङ गर्ने भएसँगै चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ । चितवनले यसअघि काठमाडौं गुर्खाजलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो...

ईपिएलको उपाधि चितवनले जित्यो

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ। कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो। चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।

विराटनगरलाई ३२ रनले हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि

काठमाडौं : पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि चितवन राइनोजले जितेको छ। आज पोखरा क्रिकेट स्टेडियममा भएको फाइनलमा चितवनले विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गरेको हो। चितवनले लिगमा अपराजित रहँदै उपाधि जितेको हो। चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन

पिपिएलको उपाधि पोखरा पल्टनको पोल्टामा, जित्यो २७ लाख

पोखरा : नमस्ते पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जितेको छ। पोखरामा मंगलबार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो। चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतीमा पूरा गरेको हो। पोखराका लागि र...