यस हप्ता बुधबार टेकू अस्पतालमा कर्मचारी त्यतिबेला अचम्ममा परे जब उनीहरुले कोभिड भ्याक्सिन लगाउन आएका केही मानिसहरुसँग ठूल्ठूला सुटकेस र ब्याग देखे ।अस्पतालका कर्मचारीका अनुसार जब यी मानिसहरुलाई आफ्नो परिचय पत्र देखाउन भनियो तब उनीहरुले भारतीय पासपोर्ट देखाए ।अस्पतालका निर्देशक सागर राज भण्डारीले बीबीसी नेपालीसँगको कुराकानीमा भने, ‘उनीहरुमार्फत् हामीलाई थाहा भयो कि कोभिड भ्याक्सिनको यसरी पनि प्रयोग भइरहेको छ । यो एक प्रकारले भ्याक्सिनको गलत प्रयोग गरिएको जस्तै थियो । हामीहरुले उन