‘भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना छ’

नेपाल सरकारले चालू आर्थिक वर्षदेखि भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । सरकारले बजेटमार्फत सिमेन्ट उद्योगलाई औपचारिक रूपमै निर्यात गर्न सहजीकरण गरेको छ । यससँगै नेपालबाट सिमेन्ट निर्यात सुरु समेत भएको छ ।यतिबेला देशको कूल माग र खपतको तुलनामा सिमेन्टको उत्पादन बढी छ । आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन भइरहँदा र सोअनुसारको बजार नहुँदा उत्पादन लागतको तुलनामा न्यून मूल्यमा उद्योगहरूले सिमेन्ट बेचिरहेका छन् । यस्तो अवस्थामा भारततर्फ सिमेन्ट निर्यातको स

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग : गुणस्तरहीन सामग्री प्रयोगले सडक भासियो, पर्खाल भत्किए

जाजरकोट : मध्यपहाडी लोकमाअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजार सम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ।कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भए पनि सडक भत्किँदै गएको छ। सो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा सडक भास्सिएको छ। केही ठाउँमा खाल्डा नै पर्न सुरू गरेको छ।कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको हो। ह्युमपाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा सडक बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ।गुणस्तरहीन सिमेन

भारत–नेपाल–चीन जोड्ने त्रि–देशीय सडक ओझेलमा

मंसिर १३, सुर्खेत । नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वर्षौदेखि अन्यौलमा परेको छ । राजनीति ईच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–सुर्खेतको घाटगाउँ–गुुटु–अछामको मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो ।  वर्षेनी टुक्रे बजेट यो रुटमा परेपनि त्यो हात्तीमुखमा जिरा जस्तै हुने गरेको छ । यद्यपि यो सडक सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किलोमिटर मात्र बाँकी छ । यस क्षेत्रका बासिन्दाले करीब पाँच दशकदेखि व्यापारिक महत्वको त्रि–देशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् ।  कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भइसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटुहुँदै मंगलसेन जोड्ने ट्¥याक निर्माण गरिनु पर्ने बताए ।  भारतलाई सडक सञ्जालबाट चीनसँग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि टुक्रे बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझै ट्रर्‍याक विस्तार हुन सकेको छैन । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यूज बजेट विनियोजन गरेको छ ।  कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे ४०० मिटर लामो मोटरेवल निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको छ । त्रि–देशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएपनि राजनीति ईच्छाशक्तिको अभावमा काम अघि बढ्न सकेको छैन । तराई–पहाड जोड्ने छोटो मार्ग तराई र पहाडका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्रर्‍याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामासमेत परेको थियो ।  पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गई रहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् ।  उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ ।  उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने बताए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुने छ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए सुर्खेतको पश्चिम क्षेत्रको विकासमा समेत ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।

निर्माण सम्पन्न भएको ५ महीनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

असार ७, भैरहवा । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महीना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रू. एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।   उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महीना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।  तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रू. एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रू. दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ ।  ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।   सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए ।  उनले भने, ‘तोकिएको समयभन्दा एघार महीना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महीना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रुत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले भने, ‘बाटोको गुणस्तर कमजोर छ ।  बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रुतगतिमा गाडी चलाउन नपाएको बताए ।  योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महीनादेखि म सडक निरीक्षण गर्न गएको छैन ।  तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।  यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गरे ।  ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ ओटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५ हजार १०० रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन् ।   सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तरराष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । रासस