चुनावी एजेण्डामै सीमित झुलाघाट मोटरेवल पुल

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् […]

सम्बन्धित सामग्री

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले सो जाँचचौकीको उद्घाटन गर्नुभएको हो । सहजरुपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएको छ । नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ ।      यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए । यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका थिए । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए । यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ । त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो ।      पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । गत फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो सुक्खा बन्दरगाह निर्माणको काम शुरू हुने बताउनुभएको थियो । बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ ।रासस

बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माण हुने

काठमाडौँ– बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ ।  चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका हुन् । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका […]

झुलाघाटमा मोटरेबल पुल सधैँको चुनावी एजेण्डा

बैतडी - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन ।  राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल...

झुलाघाटमा मोटरेबल पुल सधैँको चुनावी एजेण्डा

बैतडी - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन ।  राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल...

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन ।

सडक बन्यो पुल बनेन, झोलुंगे पुल पनि जीर्ण

तेह्रथुम : पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेवल पुल भने निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको पाइन्छ। सडक बन्यो। तर पुल नबन्दा सडक प्रयोगविहीन अवस्थामा छन्। ...