भारतका वामपन्थी कवि एवंम लेखक वरवर रावलाई बम्बई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
८१ वर्षीय रावलाई सन् २०१८ अगस्तमा प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध भीमा कोरेगाउँमा जातीय हिंसा फैलाएको अभियोग लगाइएको थियो। रावले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्।
रावलाई रिहा गर्न भारतमा धेरै अभियानहरु संचालन…