ग्रामीण विकासका आधार

दिगो ग्रामीण विकास देशको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको विकासका लागि महत्वपूर्ण छ । वैश्विक गरिबीको अधिकांश हिस्सा पनि ग्रामीण छ । यसैले गरिबी उन्मूलनका लागि आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा विकासको दिगो कार्यक्रम सञ्चालन गर्नुपर्ने अनिवार्य आवश्यकता हुन्छ । हुन त गरिबी सहरी र ग्रामीण क्षेत्रमा मात्र सीमित हुँदैन, सबैतिर हुन्छ तर गरिबीको क्षेत्रीय, उपक्षेत्रीय र ग्रामीण सन्दर्भ जटिल हुन्छ । यसकारण स्थानीय स्तरमा उचित प्रयासको माध्यमबाट स्थायी आजीविकामा योगदान गर्ने ग्रामीण विकासमा पहल गर्नुपर्ने हुन्छ । ग्रामीण विकाससँग योगदान गर्ने रणनीतिमा ग्रामीण क्षेत्रको सुदूरता र सम्भावनालाई ध्यानमा राखेर लक्षित विभेदि

सम्बन्धित सामग्री

गाँजा सीमा क्षेत्रको दर्दनाक दृश्य

किफुर काजम युद्धको नितान्त आन्तरिक अवस्था झल्काउन पर्याप्त एउटा ग्रामीण परिवेशको कथा बोकेको ठाउँ हो। यो गाउँको कथा अबको लडाइँ कसरी बुनिने छ भन्ने कुराको आधार हो। गाँजाको सीमा क्षेत्रसँग जोडिएको यो एउटा ग्रामीण सम्प्रदायको अवस्था अब कसरी अघि बढ्छ भन्ने प्रतीक्षाको विषय हो।शनिवार बिहानदेखि हमासले लगातार आक्रमण गरेपछि त्यहाँ ढलेका शवहरू निकाल्न सबै जनालाई […]

पाँच पाण्डवले निर्माण गरेको जउले धारा संरक्षण गर्दै भु तथा जलाधार कार्यालय

पानीका मूलसँगै जुम्लामा ग्रामीण क्षेत्रमा खोलानाला, ताल, पोखरी लगायत पानीका स्रोत लोप हुँदै गएका छन्। जुम्ला क्षेत्रका ग्रामीण बासिन्दाहरूका लागि बस्ती वरपर रहेका मूल नै पानीका मुख्य स्रोत र जीविकोपार्जनका आधार हुन्।...

ग्रामीण विकासको मुख्य आधार लघुवित्तः कामु गभर्नर

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् ।लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । […]

पर्यटन प्रवर्द्धन गर्न ग्रामीण क्षेत्रमा हाइकिङ

कास्की । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले एकदिने पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गरेको छ । पोखरा महानगरपालिकाका–१६ र १९ मा पर्ने घार्मी–ढिकीडाँडा भुप्राङकोटको ग्रामीण क्षेत्रको पदयात्रा मार्गको प्रवद्र्धन गर्न संघले हाइकिङ गरेको हो । ‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवद्र्धन र संरक्षण गरौं’ नाराका साथ हाइकिङ कार्यक्रम गरिएको हो । कोरोना महामारीले थलिएको पर्यटनलाई चलायमान बनाउन टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पौडेलले यस रूटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएको बताए । दीर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकीडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवद्र्धन गर्न ठोस योजनासहित काम अघि बढाइनुपर्ने उनको भनाइ थियो । पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिक रहेर पनि प्रचारप्रसार नभएका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रचारप्रसारमा सहयोग पुग्छ,’ उनले भने, ‘आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवद्र्धन गरिनेछ ।’ पदमार्गको प्रवद्र्धनसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने उनले बताए । कार्यक्रममा टानमा आबद्ध सदस्य कम्पनीका प्रतिनिधि, पोखराका पर्यटकीय संघसंस्थाका प्रतिनिधि, मजदूर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो । घार्मीबाट शुरू भएको पदयात्रा ढिकीडाँडा, कुरेचौर हुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । कार्यक्रममा गर्लाङ गाउँको सामुदायिक होमस्टेका सदस्य समेत सहभागी थिए ।

वेमौसमी कुम्भ मेला र वेतुका प्रश्न

आज पनि नेपाललाई कृषिप्रधान मुलुक नै मानिन्छ । सायद नेपालको अधिसंख्यक ग्रामीण क्षेत्रका वासिन्दाको जीवनवृत्ति कृषि पेशा, व्यवसायमा नै आधारित भएको र राष्ट्रिय आयको मुख्य आधार नै कृषि अर्थतन्त्रपरक भएकोले ‘कृषिप्रधान मुलुक’ भन्ने गरिएको होला । यद्यपि उक्त परम्परागत पहिचानलाई किसानका सन्तानहरुको विदेश पलायनको बढ्दो आकर्षणले खण्डित गर्दैछन् । तर आगामी दिनमा र वाध्यात्मक परिस्थितिले …

अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता छ : मुख्यमन्त्री केसी

पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताएका छन्। उनले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताएका हुन् । बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उनले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार […]

उत्पादक र उपभोक्ताको नियन्त्रण बाहिर खाद्य प्रणाली

स्वस्थ खाद्य प्रणालीको आधार बाली उत्पादन, पशु पालन र वन जंगलमा अन्तरनिर्भर हुने दिगो कृषि प्रणाली लगभग समाप्त हुने स्थितिमा छ। उत्पादन, प्रशोधन र उपभोगसँग सम्बन्धित हरेक प्रश्नको उत्तर अब बजारभन्दा बाहिर गएर ग्रामीण किसानको सामूहिक अभ्यासबाट संम्भव छ भनेर सोच्ने दिन गए।

कृषि र घरवास बाह्रै मास!

ग्रामीण परिवेशमा हुर्केका हामी। कृषि नै हो, हाम्रो प्रमुख आधार। वर्षौंदेखि गर्दै आईरहेछौं त्यहि खेतीपाती र गाउँघरको व्यवहार। गाउँ नै गाउँले बनेको यो देश। प्रत्येक गाउँको आफ्नै छ मौलिक संस्कृति र पहिचान।

आर्थिक विकासमा ग्रामीण उद्योग

देशमा उद्योगको विकास भएमा बेरोजगारीको समस्याबाट केही हदसम्म भए पनि राहत मिल्छ भने आर्थिक विकासमा समेत ठूलो सहयोग हुन्छ । आज स्वदेशमा रोजगारीको अवसर नभएकै कारणले दैनिक १ हजार ७०० युवाजनशक्ति विदेशिन बाध्य छन् । हाम्रो अर्थतन्त्रको ठूलो अंश तिनै विदेशमा रोजगारीमा गएका युवाहरूले पठाएको विप्रेषणले ओगटेको छ । उद्योगले रोजगारीको सृजना, आम्दानी मार्ग निर्माण, निर्यातको मात्र आधार नभई अन्य विविध क्षेत्रको विकासमा टेवा पुग्छ । औद्यागिक व्यवसाय ऐन २०४९ ले उद्योगलाई विभिन्न प्रकारमा बाँडेको छ उत्पादनमूलक उद्योगअन्तर्गत कोरा माल वा अर्ध प्रशोधित माल अथवा खेर गइरहेको मालसामानको उपयोग वा प्रशोधन गरी उपयोगी सामानको निर्माण गर्ने व्यवसायहरू पर्छन् । ऊर्जामूलक उद्योगअन्तर्गत बायोग्यास, सौर्यऊर्जा, वायुऊर्जा सम्बन्धी कार्य जलविद्युत् उत्पादन कार्य आदिलाई लिन सकिन्छ । कृषि तथा वनजन्य उद्योगमा रेशम खेती, फलफूल प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, मह उत्पादन, तरकारी उत्पादन आदि पर्छन् । खनिजमा आधारित उद्योगमा भने धातुका भाँडाकुडा उद्योग खुकुरी, हँसिया उत्पादन आदि रहेका छन् । त्यस्तै सेवा उद्योगअन्तर्गत पर्यटन पर्छ । यसमा मोटेल, होटेल ,रेस्टराँ, रिसर्ट, केबुलकार, पदयात्रा, हट एयर बेलुनिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, हिमाल आरोहण आदि पर्छन् । सेवासम्बन्धी उद्योगअन्तर्गत नै छापाखाना, परामर्श सेवा, निर्माण व्यवसाय, परिवहन, अस्पताल, शिक्षण प्रशिक्षण र प्रयोगशाला , शीतभण्डार आदिलाई लिइन्छ । हाम्रो आवश्यकता पूरा गर्दै देशको आर्थिक विकासमा फट्को मार्न ग्रामीण क्षेत्रमा उद्योग स्थापनाका लागि जोड दिनुपर्छ । नेपालमा ग्रामीण कृषिजन्य उद्योगको सम्भावना ज्यादा रहेको भए पनि यसको विकासमा चासो कुनै पनि सरकारले गरेको देखिँदैन । धान, मकै, गहुँ आदि जुन भागमा उत्पादन हुन्छ यसैमा आधारित उद्योग स्थापना गर्न सकेमा रोजगारी बढी सृजना हुन सक्छ । नगदेबाली महत्त्वपूर्ण फसल हो । यसको उत्पादन मूलतः औद्यागिक प्रयोजनले गरिन्छ । यसअन्तर्गत तेलहन, सुर्ती, उखु आलु आदि रहेका छन् । नगदे बालीमा आधारित उद्योग देशका जुनसुकै भागमा स्थापना गर्न सकिन्छ । यसले रोजगारी तथा आर्थिक अवस्था सुधारमा अहम् भूमिका निर्वाह गर्छ । दलहन अर्को महŒवको बाली हो । एकल तथा मिश्रित रूपमा दलहनको उत्पादन गर्न सकिन्छ । हाम्रो धरातलीय स्वरूपको जुन विविधता रहेको छ सोहीअनुसार अनेकौ पशुपक्षी पाल्न सकिन्छ । पशुहरूको मासु तथा छाला हाड र अन्य उत्पादनबाट विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ । पशुपालनलाई व्यवस्थित तरीकाले उपयोग गर्न सकेमा ग्रामीण भेगका नागरिकको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुग्छ । पशुको छालाबाट जुत्ता, ब्यागलगायत सामग्री बनाउन सकिन्छ । त्यसैगरी पशुको हाडबाट टाँक उत्पादन गरी रोजगारी र आर्थिक विकासमा टेवा लिन सकिन्छ । यसैगरी धरातलीय स्वरूपअनुसार फलफूल खेती गरेको यसमा आधारित उद्योग चलाउन सकिन्छ । यसबाट कृषि र उद्योगको विकास गर्दै समग्रमा देशको विकासमा महत्त्वपूर्ण सहयोग पुग्छ । हाम्रो देशका कृषकमा शीप भए पनि यसको सदुपयोग हुन सकेको देखिँदैन । शीपको सदुपयोग हुन नसक्नुको मुख्य कारण भनेको पूँजीको अभाव हुनु नै हो । पूँजीको अभाव हुँदा कृषकले चाहेर पनि उद्योगको स्थापना गर्न सक्दैनन् । कच्चा छालाको प्रशोधन, दूधको प्रशोधन, जुटका सामान बनाउने उद्योग आदि सञ्चालन गर्न सकिन्छ । स्थानीय श्रमको प्रयोग तथा थोरै पूँजीको उपयोगबाट यस्ता उद्योग सञ्चालन गर्न सकिन्छ । यसले आयातित वस्तुको प्रतिस्थापन गर्न सहयोग पुग्छ । ग्रामीण भेगमा लुकेर रहेका श्रमको सदुपयोगमा समेत योगदान पुग्छ । ग्रामीण क्षेत्रको विकासका लागि घरेलु उद्योगको स्थापनाले प्रभावकारी भूमिका खेलेको हुन्छ । ग्रामीण क्षेत्रमा कृषिजन्य उद्योगले गरीबी निवारण गर्नमा पनि प्रभावकारी भूमिका खेल्छ । कृषिजन्य उद्योगहरूमा चिया कफीको प्रशोधन, चिनी उद्योग, फलफूलबाट जाम, अचार बनाउने लगायत उद्योगको विकास र विस्तार गर्न सकिन्छ । कृषिजन्य उद्योगको स्थापनाका लागि कृषिलाई व्यावसायिक र वैज्ञानिक बनाउनुपर्ने हुन्छ । कृषिको विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको निर्माण गर्नुपर्छ । कृषिमा युवा वर्गलाई आकर्षित गर्नुपर्ने हुन्छ । कृषि उत्पादनलाई विकास गर्न कृषि ऋणलाई सहज र व्यवस्थित बनाई वास्तविक किसानले सहज रूपमा ऋण प्राप्त गर्न सक्ने वातावरणको सृजना गर्नुपर्छ । राज्यले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्न निजीक्षेत्रलाई समेत विश्वासमा लिनुपर्छ । कृषिलाई आधुनिक र वैज्ञानिक बनाउन राज्यले अवैज्ञानिक र अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित र वैज्ञानिक शहरीकरणमा जोड दिनुपर्ने हुन्छ । जथाभावी शहरीकरण हुँदा उर्वर जमीनको नाश भइरहेको छ जसले कम उब्जाउ हुने जमीनमा बाध्य भई खेती गर्नुपर्ने अवस्थाको सृजना हुँदै गएको छ । उद्यमीलाई सरल रूपले ऋण उपलब्ध गराउने व्यवस्था हुनु जरुरी देखिन्छ । उद्यमीका लागि ऋण पाउन निकै चरणमा अनेकौं समस्याको सामना गर्नुपर्ने अवस्था छ । सरल र सहजै ऋण प्राप्त गर्ने व्यवस्था अविलम्ब मिलाउनुपर्ने देखिन्छ । बढ्दो बेरोजगारीलाई कम गर्न, कृषिको विकास गर्न, गरीबी निवारण गर्न र देशको आर्थिक विकास गर्न ग्रामीण क्षेत्रमा उद्योगको स्थापनामा जोड दिनुपर्छ । उद्योगको विकास हुनु भनेको देशको चौतर्फी विकास हुनु हो । त्यसैले उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न विशेष नीति अवलम्बन गर्नुपर्छ । एकैपटक धेरै उद्योगको स्थापना गर्न नसके पनि क्रमशः हरेक प्रदेशमा एउटा एउटा मात्र कृषिजन्य उद्योगको स्थापना गर्न सके यस क्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ । कच्चा पदार्थ सहजै उपलब्ध हुने खालका उद्योग स्थापनामा जोड दिइनुपर्छ । होनहार युवा वर्गलाई स्वदेशमा नै बसेर उद्यम गर्न पनि ग्रामीण उद्योगको निर्माण अनिवार्य छ । स्थानीय तह, प्रदेश र संघ तीनओटै तहमा आपसी समन्वय गर्दै यस कार्यमा तदारुकताका साथ अगाडि बढ्नुपर्ने खाँचो रहेको छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।