काठमाडौँ। प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंकका CBCO सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।