महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारा मण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समयदेखि काम गर्दै आएको बताइन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नुपर्यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ ।