करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र छ । विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन् । सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ । निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रको भनाई रहेको छ । &lsquo