काठमाडौं। नेपालमा थप नयाँ राजनीतिक दल खुलेका छन्। डा.सुरेन्द्र भण्डारीको नेतृत्वमा 'नेपालका लागि नेपाली पार्टी' नामको दल खुलेको हो। जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डा.विजयप्रसाद मिश्र रहेका छन्। उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन गर्ने प्रणाली र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएको बताएको छ।