ओपन भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिता पोखरामा आयोजना भएकाले यस क्षेत्रमा समेत टेनिस खेल प्रति आकर्षण बढेको बताइन । प्रतियोगि