स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेजीपछि के गर्ने भन्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र स्मार्टको लाइसेन्स खारेज गरेपछि यसको सम्पत्ति, ग्राहक, पूर्वाधार आदिको व्यवस्थापन कसरी गर्ने र खारेजीपछि पर्ने सम्भावित असरहरूबारे प्रतिवदेन बनाउने भएको छ ।