आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।

सम्बन्धित सामग्री

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।   सामुदायिक वनमा डढेलो लागेका कारण लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय, बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताको लापरवाहीकै कारण बढीजसो आगलागीका घटना हुने गरेका छन् । उनले भने, ‘वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्, यसले लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तु प्रभावितका साथै मर्नेसमेत गरेका छन् ।’ जिल्लाको सिँगास गाउँपालिका क्षेत्रका सामुदायिक वनमा बढी डढेलो लागेको छ । सिँगासका आठओटा  सामुदायिक वनको दुई सय ९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । सिँगासको घट्टे सामुदायिक वन, सिँगास भूमिराज सामुदायिक वन, सिँगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिँगास साँगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो । पाटन नगरपालिकाअन्तर्गतका उदयदेव, दहवयाला, ठूलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन/तीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि सामुदायिक वनमा आगलागीका घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षासँगै स्थानीय तहका प्रतिनिधिसँग बेलाबेला छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरेको छ । उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि वन कार्यालय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन ।’ लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलोको जोखिम बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय, बैतडीले जनाएको छ ।  डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने, मानवीय क्षतिसँगै वातावरणमा प्रभाव पर्ने भए पनि डढेलो नियन्त्रणका विषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताए । रासस

आगो लगाएर सम्पदा क्षेत्रको सफाइ

तौलिहवा, वैशाख १८ । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो। २५६७औँ बुद्ध जयन्तीको अवसरमा तिलौराकोट दरबारभित्रका झाडीमा आगो लगाएर […]

जापानको ओकिनावामा रहेको शुरी दरबार आगलागीबाट ध्वस्त

जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको छ । आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आग...

घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति

वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ। डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो।