हुम्ला । अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो । घटनाका सम्बन्धमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजीकार्य तीव्र पार्न निर्देशन दिएको थियो । खोजी कार्यलाई तीव्र पारेपछि खार्पुनाथ प्रहरी चौकीले आज बिहान बेपत्ता पारिएका ती युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए ।