अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्र कामी भेटिए

काठमाडौं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्र कामी आठ दिनपछि भेटिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रलाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले खार्पुनाथ गाउँपालिकामा सकुशल फेला पारेको हुम्ला प्रहरीले जनाएको हो । १८ वर्षिय चन्द्रले मुगुकी १७ सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । चन्द्र गत बुधवारदेखि बेपत्ता भएका थिए […]

सम्बन्धित सामग्री

बेपत्ता पारिएको भनिएका हुम्लाका चन्द्र कामी भेटिए

सिमकोट– अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्र कामी फेला परेका छन्। प्रहरीले उनलाई आठ दिनपछि हुम्लाको खार्पुनाथ गाउँपालिकाको याङ्चु बजारमा भेटाएको हो। उनले मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी रमिला मल्ललाई भगाएर ल्याएपछि गत मंसिर २९ गते केटी पक्षका आफन्त आएर चन्द्रलाई कुटपिट गरी रमिलालाई खोसेर लगेका थिए। त्यसयता सम्पर्कविहीन बनेका कामीलाई प्रहरीले ८ दिनपछि […]

अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए

हुम्ला – अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए । माइती पक्षले २९ मंसिर राती चन्द्रेको घरै पुगेर दुबै जनालाई कुटपिट गर्दै लिएर गएका […]

अन्तरजातीय विवाहपछि बेपत्ता भएका चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका कामी आज बिहान भेटिएको प्रहरीले जनाएको छ । उनलाई खार्पुनाथ गाउँपालिकामा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग विवाह […]

चन्द्र कामी बेपत्ता प्रकरण : उत्पीडित जातीय मुक्ति समाजको विरोध

नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाले अन्तरजातीय विवाह गर्ने चन्द्र कामीलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । समाजले मंगलबार विज्ञप्ति जारी गर्दै जातीय विभेद गर्नेमाथि कारबाही गर्न...

अन्तरजातीय विवाह गरेका एक दलित युवक एक हप्तादेखि बेपत्ता

अन्तरजातीय विवाह गरेका एक दलित युवक एक हप्तादेखि बेपत्ता भएका छन्। गत मङ्सिर २९ गतेराति आफ्नै घरमा बसिरहेका बेला केटीका माइती पक्ष आएर कुटपिट गरेपछि घरबाट निस्किएका ती युवक बेपत्ता भएका हुन्। मुगु जिल्लाको सोरु गाउँपालिका–४, लिप्रु गाउँकीरमिला मल्ल (सुन्तली)र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१, जैरनात्तागाउँका दलित किशोर चन्द्रे कामीबीच भागी विवाह भएकोर विवाहपछि छोरो बेपत्ता भएको युवकका बुवा धनजय कामीले बताए । उनले माइती पक्षले आफ्नो घरमा आएर कुटपिट गरी बेपत्ता पारेको बताए । उनले एक हप्तासम्म पनि छोराको...

अन्तरजातीय विवाह : बेहुला एक सातादेखि बेपत्ता

मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्।गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई  कुटपिट गरी सार्कीलाई तल्लो जातक

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता

अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।गत म

अन्तरजातीय विवाह गरेका हुम्लाका युवक ६ दिनदेखि बेपत्ता

५ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् । सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले अनलाइनखबरलाई बताए । उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘हामीलाई खबर आएपछि सुरुमा […]

हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता, डीआईजी भन्छन्– खोज्दैछौं

हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई उनीहरुले फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर लगेको बताइएको छ । ती युवक सुन्तलीकै माइती पक्षका भएको पीडित परिवारको दाबी छ

अन्तरजातीय विवाह : कुटपिटपछि दलित युवक बेपत्ता

अन्तरजातीय विवाह गरेका हुम्लाका एक जना युवक तीन दिनदेखि बेपत्ता भएका छन् । युवतीको माइती पक्षले निर्घात कुटपिट गर्दै बेपत्ता पारेको उनका परिवारको दाबी छ ।