अन्तरजातीय विवाह गर्ने चन्द्रे कामीलाई सुरक्षाकर्मीले भेटाए

अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो ।

सम्बन्धित सामग्री

गोठमा बसेका थिए चन्द्रे कामी, जाहेरी नपर्दा किशोरी र बाबु थुनामुक्त

११ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेको कारण बेपत्ता भएको भन्दै उजुरी परेका चन्द्रे कामीको परिवारले प्रहरीमा किटानी जाहेरी नदिएपछि प्रेमिका र उनका बुबा छुटेका छन् । गत २९ मंसिरदेखि चन्द्रे कामी बेपत्ता भएको भन्दै उजुरी परेपछि प्रहरीले व्यापक खोजतलास गरेको थियो र ८औं दिनमा उनी सकुशल भेटिएका थिए । र प्रहरीले उनकी प्रेमिका र […]

चन्द्रे कामीको ‘घाउ जाँच’ मा के देखियो ?

७ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेका कारण चन्द्रे कामी बेपत्ता भएको भन्दै उजुरी परेपछि प्रहरीले हुम्लामा उनको खोजी तीव्र बनायो । उनी २९ मंसिरदेखि हराएको भन्दै खबर आएपछि जिल्लाभर उनको हुलिया परिपत्र गरेर खोजी गर्न भनिएको थियो । तर उनी हराएको ८ औं दिनमा सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँपालिकास्थित गुप्चेगौंडामा उनलाई प्रहरीले फेला […]

एक सातादेखि हराएका चन्द्रे कामी भेटिए

अन्तरजातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका चन्द्रे कामी बुधबार बिहान फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्।

अपहरणमा परेका भनिएका चन्द्रे कामी आठ दिनपछि भेटिए

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले ब

अन्तरजातीय विवाह गरेपछि सम्पर्कविहीन भएका चन्द्रे कामी भेटिए

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रे कामी सम्पर्कविहीन भएको ८ दिनपछि भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान हिँडिरहेको बेला खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ ।

आठ दिनदेखि बेपत्ता चन्द्रे कामी भेटिए

काठमाडौं : अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्रे कामी फेला परेका छन्। आज बिहान खार्पुनाथ गाउँपालिकामा हिँड्दै गरेको अवस्थामा चन्द्रेलाई प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्‍लाले जनाएको छ।बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर धनसिंह भण्‍डारीले जानकारी दिए। उनकाअनुसार उनी सकुसल अवस्थामा भेटिएका हुन्। उनमा कुनै चोट पटकसमेत नदेखिएको भण्‍डारीले बताए। उनलाई

हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिए

काठमाडौँ । हराइरहेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन्। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका चन्द्रे बुधबार बिहान फेला परेका हुन्। गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

अन्तरजातीय विवाहपछि बेपत्ता भएका चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका कामी आज बिहान भेटिएको प्रहरीले जनाएको छ । उनलाई खार्पुनाथ गाउँपालिकामा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग विवाह […]

अन्तरजातीय विवाह : बेहुला एक सातादेखि बेपत्ता

मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्।गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई  कुटपिट गरी सार्कीलाई तल्लो जातक

हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता, डीआईजी भन्छन्– खोज्दैछौं

हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई उनीहरुले फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर लगेको बताइएको छ । ती युवक सुन्तलीकै माइती पक्षका भएको पीडित परिवारको दाबी छ