काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको समस्या समाधान गर्न आफूले अध्यादेश ल्याउँदा गठबन्धनवालाहरूले रोकेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता नेपाली नागरिकलाई दिने बिषय भएकाले वितरण गर्ने वस्तु नभएको बताएका हुन्। उनले भने, ‘नेपाली नागरिकले नागरिकता पाउनुपर्छ। सरकारलाई विदेशी नागरिकलाई नागरिकता दिने अधिकार हुँदैन। सरकारले नागरिकता खोस्न पनि सक्दैन। गैर नागरिकलाई दिन पनि सक्दैन। त्यसको कानुन