हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो ह ह ह ह ह ह होजनकविकेशरी धर्मराज थापाको यो सदाबहार गीत हरेक असारमा धेरै गुन्जने गर्दछ । थापाको यो गीत मात्रै होइन ।सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्नेजस्ता गीतहरू थुप्रै छन्, जुन असारमा गाइन्छ । पहाडदेखि तराईसम्मका रोपाइँमा खेतका फाँटहरुमा ठाउँ अनुसारको आ–आफ्नै परम्परा, शैली र संस्कृति झल्काउने असारे गीत गाउने प्रचलन छ । असार कृषिको सुरुवातको