काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालमाथि कटाक्ष गरेका छन्। नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बिचरा माधव नेपाल किन कुदेको होला। कहिले पोखरा, कहिले धरान कहिले धनकुटा कहिले बागलुङ। हातमा टुप्पी लिएर हिँडेजस्तो। देश बनाउन होइन‚ एमाले बिगार्नका लागि हो। एमाले राणाशासनमा जन्मिएको हो। एमालेलाई बच्चै हुँदा मार्न खोजिएको थियो।’ देशबाट गरिब