मेघराज रिष्मेली, जापान ।
बागलुङको गल्कोट नगरपालिका वार्ड नं. ५ दानसिंग स्थाइ घर भइ, जापानको टोकियोस्थित कामता नेपाली बिल्डींगमा बसोबास गर्दै आइरहेका वर्ष ३८ का मोहन बस्नेतले आत्महत्या गरेका छन् ।
पारिवारिक श्रोतका अनुसार हिजो (शनिबार) श्रीमतीलाई सामान लिन पठाइ उनले आत्महत्या गरेका हुन् । उनको दाहसंस्कारको बारेमा आज बेलुकासम्म विस्तृतमा सबै जानकारी हुनेछ । आज प्रहरीले शब बुझ्न बोलाएको परिवारका सदस्यले बताएका छन् ।
बस्नेत १४ महिनाकी छोरी र श्रीमतीसहित जापानमा बस्दैआएका थिए । उनका ८ वर्षको छोरा नेपालमा रहेका छन् ।