रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n