मध्यपश्चिम विश्वविद्यालयको परीक्षा मध्यरातमा सूचना निकालेर स्थगित

काठमाडौं : मंगलबार (आज)देखि सुरु हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित भएका हुन्। सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ।पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा तोकिएको थियो।‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रका

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो भदौ २७ देखि हुने परीक्षा

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(मुसोम) ले भदौ २७ गतेदेखि गर्ने परीक्षा स्थगित गरेको छ। मुसोमले बिहीबार सूचना जारी गरी परीक्षा स्थगन गरेको जनाएको हो।‘असहज परिस्थितिका कारण उपरोक्त बमोजिम परीक्षा सञ्चालक समितिको मिति २०७८ भदौ १० गतेको निर्णयअनुसार स्थगित गरिएको छ,’ मुसोमले जारी गरेको सूचनामा उल्लेख छ।विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिन पहिले नै परीक्षाको मिति जानकारी गराउने मुसोमले जनाएको छ।

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साता पर सारियो

मध्यपश्चिम विश्वविद्यालय (एमयु) का सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको हो ।यसअघि साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगित भएका थिए । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सार्नुपरेको हो ।विश्वविद्याल

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित

काठमाडौँ–मध्यपश्चिम विश्वविद्यालयले दोस्रो पटक परीक्षा स्थगित गरेको छ । यस अघि गत साउन ११ गते परीक्षा स्थगित गरेकाे विश्वविद्यालयले पुन मंगलबार सूचना प्रकाशन गर्दै एक हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेकाे हाे । विभिन्न विद्यार्थी संघ संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरिय समस्या समाधान समितिबीच विगत केही दिन देखि विद्यार्थीहरुका मागहरु प्रति आवश्यक […]