काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छिन्।नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्दैछ। त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो।नेपाली टोली आइतवार त्यसतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई