महिला टी-२० विश्वकपको एसिया क्वालिफायर नेपालसहित ११ टिमले खेल्ने

२ जेठ, काठमाडौं । अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरेको छ । जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ ।  जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । […]