अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका नाममा भएका अनधिकृत निर्णयहरु निर्वाचन आयोगले खारेज गरिदिएको बताएका छन् । प्रेस संगठन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले गरेको निर्णयको स्वागत गरे ।
पौडेलले भने, ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ, अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ ।’
पार्टी अनधिकृत जमघटहरुका निर्णयहरुमा नभई वैधानिकता र आधिकारिकतामा चल्ने भन्दै ...