काठमाण्डाै – भारतले पाकिस्तानसँगको सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा लडाकु विमान अवतरण गर्न मिल्ने गरी हाईवे–रनवे निर्माण गरेको छ । राजस्थानमा पाकिस्तानसँगको सीमाबाट झन्डै ५० मिटर परको दुरीमा बनेको राष्ट्रिय राजमार्ग–९२५ मा आपत्कालीन रूपमा लडाकु विमान अवतरण गर्न सकिनेछ ।
केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह, सडक तथा परिवहन मन्त्री नितिन गडकरी तथा सेनापति बिपिन रावत सवार लडाकु विमान आज बिहीवार राजमार्गमा आपत्कालीन अवतरण भएको बीबीसीले जनाएको छ ।
लडाकु विमान अवतरण हुन सक्ने राजमार्ग भारतमै पहिल...