पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँचवटा सडक अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी जुगेड