म्याग्दी – निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक अझै खुल्न सकेको छैन । हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डमा वर्षाले पहिरो खसेर बन्द भएको हो।
आज बिहान परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको गुइँठेमा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गुइँठेमा सडकभन्दा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनु...