बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इन्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि...
भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इन्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि...
म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ।गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो।बेनी-जोमसोम–कोरला सडक आयोजनाको बेनी-मालढुङ्गा खण्डका इञ्निियर अच्युतविलास पन्तले चालु आर्थिक वर्ष
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत जिल्लामा पर्ने खण्डको २० किलोमिटर सडक कालोपत्र गरिएको छ ।
पर्वतमा पर्ने ५५ किलोमिटर खण्डमध्ये २० किलोमिटर कालोपत्र गरिएको हो । बाँकी खण्डमा ट्रयाक खोलेर धमाधम कालोपत्र गर्न थालिएको कालीगण्डकी कोरिडोर आयोजना गैंडाकोट–राम्दी खण्डले जनाएको छ ।
आयोजना प्रमुख शंकर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर खण्डमा बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्म ३ किलोमिटर कालोपत्र गर्न बाँकी छ ।
आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर तयारी अवस्थामा छ भने खबरको भीरमा ढलान भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा १ किलोमिटर बाहेक बाँकी खण्डमा कालोपत्रको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ ।
कुर्घाको भीरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि यो महीनाभित्रमा कर्नास खोलादेखि कुर्घा भीरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए ।
आयोजना कार्यालयका अनुसार पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । कोरिडोरको अधिकांश ठाउँमा स्तरोन्नति भइ कालोपत्रे हुने चरणमा छ भने बाँकीमा ट्रयाक खोलेर फाउण्डेशनको काम भइरहेको छ ।
सडक कालोपत्र भएसँगै पर्वतको दक्षिणी भेगलाई सदरमुकाम पहुँचमा सहज भएको छ ।
आयोजनाका अनुसार छिटो काम सक्नका लागि धेरै निर्माण कम्पनीलाई खण्ड खण्डमा काम गर्न टेण्डर गरिएको छ । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म ७ किलोमिटर सडकमा प्यासिफिक जलजला जे.भी.ले कालोपत्रको काम शुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ ।
यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकखण्डमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् ।
सो खण्डको रानीपानीदेखि खबरको भीरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जे.भी.ले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्डवाईड ओमबुद्ध जे.भी.ले स्तरोन्नति र कालोपत्र गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडकखण्ड यसै आर्थिक वर्षमा नै कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
यता फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीबेणीसम्मको भागमा ट्रयाक खुली केही स्तरोन्नतिका काम भए पनि अन्य फाउण्डेशनको काम हुन नसकेको बताइएको छ ।
यस्तै, मोदीबेणीदेखि अर्मादीसम्मको भागमा मोदीबेणीस्थित भीरमा काम गर्न समस्या भएकाले केही ढिलाइ भएको आयोजना प्रमुख पौडेलले बताए ।
कोरिडोरको मिर्मीमा मोटरेबल पुल, मोदीवेणीमा र सेतीवेणीमा पनि मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माण शुरु गरिएको छ ।
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र शुरू भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम शुरू भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले खन्तीदेखि जोमसोमसम्म अस्फाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए । ‘एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ,’ उनले भने, ‘ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । कम्पनीले थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता गरेको छ ।’ यो सडक कालोपत्र गर्न २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले रू. ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
साझेदार मध्य पप्पु र कोशी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले बताएको छ । सडक निर्माण अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो । कालोसूचीबाट जोगिन गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ । गौरी पार्वतीले आयोजनाअन्तर्गत नै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए । रासस
बागलुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरू भएको छ । २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो ।
गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काममा दुईपटक म्याद थपिसकिएको छ । लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रवारदेखि शुरू भएको छ ।
२०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए ।
कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रको कामले तीव्रता पाएको उनले बताए । ‘मौसममा सुधार भएसँगै काम शुरू भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ’, उनले भने, ‘आगामी फागुनभित्रै विमानस्थलको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिनेछ, कोरोना र वर्षाका कारण कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौं ।’
धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकोमा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । उनका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको धुलो उडाउने, बिटुमिन छर्ने काम गरिरहेको छ ।
घाम नलागेकाले कालोपत्रमा समस्या भएको थियो, अहिले मौसममा सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उनको भनाइ छ । विमानस्थल कालोपत्रको ठेक्काको म्याद चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्र काम बाँकी छ । कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महीना उडानसमेत भरेका थिए । तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।
कालीगण्डकी कोरिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस
बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो । मालढुङ्गादेखि बलेवासम्मको खण्ड सेनाले दुई वर्षअघि […]
पुस ६, म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो ।
बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठओटा पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए ।
‘बेलिब्रिजसमेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छांै, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ’, प्रमुख प्रजापतिले भने । कालीगण्डकी करिडोरका १३ ओटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ ।
सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर र पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ ।
पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभीर र पोखर बगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ ।
उनले मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बताए । ‘कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तीले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ’, प्रमुख प्रजापतिले भने । गत वर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ ।
बाढीले दुबै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जानकारी दिएको छ । मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्तावसमेत गरिएको छ ।
आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरीद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महीनामा सकिँदैछ ।
ढिलासुस्ती र विभिन्न बाहाना बनाउने निर्माण व्यवसायीलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टीसमेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ ।
रू. सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए ।
उनले निर्माण व्यवसायीलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानीसमेत भइरहेकाले पछिल्लो समय प्रगति भएको बताए । म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आसफाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जानकारी दिएको छ ।
यता सडकखण्डमा पक्की पुल बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन् । बाहै्रमहीना चिसो मौसममा दुईपाङ्ग्रे सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई पक्की पुलले यात्रामा थप सहज भएको छ ।
विगतमा सडकखण्ड अन्तरगत पर्ने खोलामा पुल नहुँदा असारदेखि असोज महीनासम्म याताायातको साधन आवतजावतमा समस्या हुने गरेको थियो । प्राकृृतिक सुन्दरताले भरीपूर्ण मुस्ताङमा पुल र कालोपत्र सडक समेत थपिएपछि सौन्दर्यतामा थप चमक आएको छ । रासस
म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र सुरु भएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र सुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सुरु गरिएको छ ।
प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा झन्डै एक किलोमिटर र चौथो ...