कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५% सकियो

पुस ६, म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो । बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठओटा पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए । ‘बेलिब्रिजसमेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छांै, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ’, प्रमुख प्रजापतिले भने । कालीगण्डकी करिडोरका १३ ओटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर र पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ ।  पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभीर र पोखर बगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ । उनले मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बताए । ‘कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तीले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ’, प्रमुख प्रजापतिले भने । गत वर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । बाढीले दुबै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जानकारी दिएको छ । मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्तावसमेत गरिएको छ । आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरीद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महीनामा सकिँदैछ ।  ढिलासुस्ती र विभिन्न बाहाना बनाउने निर्माण व्यवसायीलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टीसमेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ ।  रू. सात  अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए ।   उनले निर्माण व्यवसायीलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानीसमेत भइरहेकाले पछिल्लो समय प्रगति भएको बताए । म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आसफाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जानकारी दिएको छ । यता सडकखण्डमा पक्की पुल बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन् । बाहै्रमहीना चिसो मौसममा दुईपाङ्ग्रे सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई पक्की पुलले यात्रामा थप सहज भएको छ ।  विगतमा सडकखण्ड अन्तरगत पर्ने खोलामा पुल नहुँदा असारदेखि असोज महीनासम्म याताायातको साधन आवतजावतमा समस्या हुने गरेको थियो । प्राकृृतिक सुन्दरताले भरीपूर्ण मुस्ताङमा पुल र कालोपत्र सडक समेत थपिएपछि सौन्दर्यतामा थप चमक आएको छ । रासस

सम्बन्धित सामग्री

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।...

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडाैँ- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै खुलेन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे । आइतबार रातीदेखि नै अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानसम्म पनि सिधा संचालनमा आउन सकेको छैन् । लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको […]

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

बेनी–जोमसोम सडक अवरुद्ध

१७ साउन, म्याग्दी । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ […]

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडाैँ- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बीचमा ठूलो ढुंगा खसेर अवरोध भएको बताए। ‘सडक खुलाउने काम […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।...

पर्यटकको चाप बढेपछि बेनी–जोमसोम सडक खुल्याे

आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ।...

पर्यटकलाई बेनी–जोमसोम सडक सास्ती

दसैंको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकलाई वर्षात्ले बेनी–जोमसोम सडक सास्ती बनेको छ । पाचँ दिनसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक र यात्रुलाई सास्ती खेप्नुपरेको हो ।म्याग्दी हुँदै मुस्ताङको […]